विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढे ५ करोड नाघेको छ ।
मंगलबार दिउँसोसम्मको तथ्यांकअनुसार विश्वभर ५ करोड ५३ लाख ६६ हजार भन्दा बढी संक्रमित फेला परेका छन् । जसमध्ये १३ लाख ३२ हजार ५७७ जनाको निधन भएको छ भने ३ करोड ८५ लाख ७ हजार ३६९ जना निको भएका छन् ।
सबैभन्दा बढी अमेरिकामा १ करोड १५ लाख ३८ हजार भन्दा बढी कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ५२ हजार ६५२ जनाको को मृत्यु भइसकेको छ ।
भारतमा ८८ लाख ७४ हजार संक्रमितमध्ये १ लाख ३० हजार ५५९ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा ५८ लाख ७६ हजार संक्रमितमध्ये १ लाख ६६ हजार ६७ जनाको मृत्यु भएको छ ।
यूरोपमा कोरोना भाइरसको महामारी बढेको छ । यो जाडो मौसमा यूरोपमा कोरोनाको कहर डरलाग्दो हुने संकेत देखिएको छ ।
यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा १९ लाख ९१ हजार संक्रमित संख्यामध्ये ४५ हजारको मृत्यु भइसकेको छ ।
रुसमा १९ लाख ४८ हजार संक्रमितमध्ये ३३ हजारको मृत्यु भएको छ । स्पेनमा १५ लाख २१ हजार संक्रमितमध्ये ४१ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १३ लाख ९० कोरोना संक्रमितमध्ये ५२ हजारको मृत्यु भएको छ । इटालीमा १२ लाख संक्रमितमध्ये ४५ हजारको मृत्यु भएको छ ।