नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ सय नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट थप २१ को मृत्यु भएसँगै कुल संख्या १ हजार १०८ पुगेको हो ।
यस्तै बितेको २४ घण्टामा १२ हजार ३११ जनाको नमूना परिक्षण गर्दा २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ जसमध्ये काठमाडौं उपत्यकामा तीन जिल्लामा मात्रै १ हजार ५३३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९४ हजार ४९३ पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप २ हजार ८१२ जना संक्रमणमुक्त भएपछि निको हुनेको कुल संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।
देशभर २८ सय १७ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १५ सय ३३ जना थपिएसँगै जोखिम बढेको छ ।