काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ३३८ जना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १० हजार १५३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३३८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितमध्ये ५७० महिला र ७६८ पुरुष रहेका छन् । पछिल्लो चौबीस घण्टामा देशैभरि २ हजार ९०९ सङ्क्रमित थपिएका छन् । जसमध्ये १ हजार १३३ महिला र १ हजार ७७६ पुरुष छन् । ४ हजार ५०९ जना सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।
मन्त्रालयले काठमाडौं जिल्लामा हाल १५ हजार १, ललितपुरमा २ हजार २२६ र भक्तपुरमा १ हजार २४२ जना सक्रिय संक्रमित रहेको जनाएको छ । उपत्यकामा हालसम्म कुल ३९७ जना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा २६२, ललितपुरमा ६६ र भक्तपुरमा ६९ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।
र यो पनि पढ्नुहोस्