कोरोना सक्रमण भएको १० दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् ।
प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुन: परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
उनको गत कात्तिक ६ गतेको परीक्षणमा कोरोना पोजेटिभ पाइएको थियो।
त्यसपछि उनलाई थप उपचारको लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौंमा ल्याइएको थियो।