पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यामीलाई कोरोना संक्रमण भएको छ ।
कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको आज विहान आउँदा उनीहरुमा कोरोना पोजिटिभ पाइएको हो। पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् ।
“चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe” उनले ट्विटरमा लेखेका छन् ।
हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE
— Baburam Bhattarai (@brb1954) October 24, 2020