नेपाली बजारमा बिहीबार सुनको मुल्यमा गिरावट आएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मुल्य तोलामा ५ सय रुपैंयाले कमि आएको हो ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ९३ हजार ९ सय र तेजावी सुन तोलाको ९३ हजार ४ सय मा कारोबार भैरहेको छ ।
सुनको मुल्य तोलामा ५ सयले कमि आउँदा चाँदीको मुल्य भने सामान्य रुपमा बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य तोलामा ५ रुपैंयाले बढेर आज ११ सय ८० मा कारोबार भएको महासङ्घले जनाएको छ ।
असोज महिनाको २२ गतेसम्म आइपुग्दा यो महिना सुनको मुल्य ९७ हजार २ सय अधिकतम मूल्य कायम भएको थियो भने ९३ हजार १ सय न्यूनतम मुल्य कायम भएको हो ।
असोज महिनाको कुनैपनि दिन सुन तोलाको लाख नाघेको छैन ।