नेपाली बजारमा आज (बुधबार) सुनको मुल्य घटेको छ ।
अघिल्लो दिनको तुलनामा सुन तोलामा ८ सय ले घटेको हो ।
सोमबार तोलाको ९४ हजार १ सय मा कारोबार भएको सुनको मुल्य मंगलबार तोलामा ८ सयले बढ्दै ९४ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले घट्दै सोमबारकै मुल्यमा कारोबार भएको हो ।
आज छापावाल सुन ९४ हजार १ सय र तेजावी सुन ९३ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मुल्य सोमबार कायम भएको मुल्यमै कारोबार भैरहँदा चाँदीको मुल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २५ रुपैंयाले घट्दै ११ सय ७५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
चाँदी मंगलबार तोलाको १२ सय र सोमबार तोलाको ११ सय ८० मा कारोबार भएको थियो ।