गत २४ घन्टामा काठमाडौं उपत्यकामा तीन जिल्लामा १ हजार भन्दा बढी संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक मिडिया ब्रिफिङ्गमा दिएको जानकारी अनुसार देशभर ११ हजार ४७ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ हजार १७ सहित देशभर १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि भएको हो ।
आज काठमाडौं जिल्लामा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनामा कोरोना पुष्टि भएको हो ।
यो सहित काठमाडौंमा कूल संक्रमितको संख्या २५ हजार ९ सय ९७ पुगेको छ भने भक्पुतरमा २ हजार ६ सय ९३ र ललितपुरमा ३ हजार ३ सय ९७ गरी उपत्यकामा तीन जिल्लामा ३२ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं महानगरपालिकामा मात्रै ११ हजार बढीमा कोरोना देखिएको छ ।
अरु तथ्यांकहरु के के छन् ।
आज देशभरीमा ११ हजार ४७ जनाको पीसीआर परिक्षण गरिएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ पुगेको छ । जसमध्ये १३ हजार ५ सय ९१ जना होम आइशोलेसनमा रहेका छन् भने ९ हजार १ सय १८ जना संस्थागत आइशोलेसनमा रहेका छन् ।
संस्थागत आइसोलेशनमा रहेका मध्ये गम्भिर प्रकृतिका २ सय ४३ जनालाई आइसीयू र ४० जना भेन्टिलेटरमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ ।
आज ज्यान गुमाउने ९ जनामध्ये ५ जना पुरुष र ४ जना महिला छन् । पुरुषको उमेर ३१ देखि ७७ वर्ष रहेको छ भने महिलाको उमेर ५९ देखि ७७ वर्ष रहेको मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय अध्यावधिक विवरणमा उल्लेख गरिएको छ ।