उत्तर कोरियाली नेता किम जोङ उनले बाढी प्रभावित गाउँको भ्रमण गरेका छन् । हालैको आँधीबाट क्षतिग्रस्त क्षेत्रको पुन र्निर्माणको प्रयासबारे उनको पछिल्लो भ्रमण तय भएको थियो । जब कि, किमकी बहिनी किम यो जोङ पनि उनीसँगै देखिएकी थिइन् ।
उनी दुई महिनापछि यही शुक्रबार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेकी हुन् । नेता किमले शासन व्यवस्थामा आफूपछिको उत्तराधिकारीको रुपमा पछिल्लो समय बहिनी यो लाई अघि सारेका छन् । नेता किमले दक्षिण पश्चिम क्षेत्रमा पुन र्निर्माणको काम तिव्र रुपमा गरिने पनि बताएका थिए ।
उत्तर कोरियामा यस वर्ष आँधी र बाढीले गर्दा अनपेक्षित रुपमा क्षति भएको बताइएको छ । क्षतिको यकिन तथ्यांक नआए पनि ठूलो भूभागमा आँधी र बाढीबाट ठूलो संख्या प्रभावित बनेको बताइएको छ। बाढीले हजारौँ भवन भत्किनुका साथै ठूलो संख्यामा विस्था पित हुनु परेको थियो ।