कोरोना संक्रमणबाट आमाको मृत्यु भए पछि काजकिरीया गर्न बसेका परिवारका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
झापा मेचीनगर ८ की ७२ बर्षिया महिलाको कोरोना संक्रमणका कारण असोज ४ गते धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।
आमाको १३ दिने काजकिरिया गर्न बसेका छोरा, बुहारी, छोरी, ज्वाई गरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले बताए ।
कोरोना संक्रमण पुष्टी भएकाहरु अधिकाशं पत्रकारिता पेशमा आबद्ध छन । कोरोना रिपोट पोजेटिभ आएपछि गाउँ नै तनावमा रहेको त्यहाँका स्थानीय पत्रकार डम्बर बरालले केटीएम दैनिकलाई बताए ।
सम्भवत एउटै परिवारमा यति ठूलो संख्यामा कोरोना पुष्टि भएको यो पहिलो पटक हो ।