भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ८९ हजार १० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ। साथै पछिल्लो २४ घण्टामा १ हजार १ सय २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५ सय ३४ पुगेको छ।
मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ३ सय ७१ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ लाख ४१ हजार ६ सय २७ जना निको भएका छन्।
कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार आजसम्म ७ करोड १२ लाख ५७ हजार ८ सय ३६ जनाको परीक्षण भएको गरिएको जनाएको छ छ ।