कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणबाटललितपुरमा दुई जनाको निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरको अल्का र मेघा अस्पतालमा उपचार गराइरहेका १-१ जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
यसरी ज्यान गुमाउनेमा ललितपुर धापाखेलका ८० वर्षीय पुरुष तथा ललितपुर महानरगपालिका-१६ पाटनका ७४ वर्षीय पुरुष रहेका छन् ।
धापाखेलका ८० वर्षीय पुरुषको ५ बजे मेघा अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ ५ बजे मृत्यु भएको हो । उनलाई भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो।
अल्का अस्पतालमा उपचाररत ललितपुर महानरगपालिका-१६ पाटनका ७४ वर्षीय पुरुषको बुधबार बिहान सबा २ वजे मृत्यु भएको हो । ।वृद्धलाई ज्वरो आएपछि भदौ १६ गते अस्पताल भर्ना भएका थिए।