विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको उद्गम स्थल चीनमा नयाँ भाइरसको संक्रमण देखिएको छ ।
चीनको उत्तर पश्चिमी इलाकास्थित गान्सु प्रान्तको लानजोउ सहरमा एक नयाँ भाइरसको संक्रमण फेला परेको ग्लोबल टाइम्सले जनाएको छ।
ग्लोबल टाइम्सका अनुसार यो संक्रमण ब्रुसेलोसिस ब्याक्टेरिया हो। ब्याक्टेरियाबाट ३ हजार २ सय ४५ जना संक्रमित भइसकेका छन्।
अघिल्लो सोमबार २१ हजारभन्दा बढी मानिसको स्वास्थ्य परीक्षण गर्दा सुरुमा ४ हजार ६ सय ४६ व्यक्तिको प्रारम्भिक रिपोर्ट पोजिटिभ आएको थियो। जसमा ३ हजार २ सय ४५ जनामा यो भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। यो फैलिने डरले प्रशासन र सर्वसाधारण चिन्तामा परेका छन्।
यो भाइरसको संक्रमण देखिन थालेपछि सरकारले उपचारको लागि डेडिकेटेड अस्पतालहरु तोकेको छ । संक्रमण फैलिन नदिनको लागि ठाउँठाउँमा परिक्षण सुरु गरिएको ग्लोबल टाइम्सको अनलाइन संस्करणमा उल्लेख गरिएको छ ।