नेपालमा कोरोनाको ग्राफ दिनहुँ बढ्दो क्रममा रहेको छ । असोज महिनाको ५ दिनको तथ्यांक हेर्ने हो भने झण्डै ७ हजार संक्रमित बढेका छन् ।
असोज १ गते १,२४६, २ गते २,०२० ३ गते १,२०४ ४ गते १,३२६ र आज १,१५४ गरी ५ दिनको अवधिमा ६ हजार ९ सय ४९ जना संक्रमित थपिएका हुन् ।
असोज २ गते सबैभन्दा बढी २ हजार २० संक्रमित थपिएका थिए । नेपालमा कोरोना भाइरसको परिक्षण सुरु भएयता सो संख्या एकैदिनमा भेटिएको हालसम्मकै उच्च संख्या हो ।
पछिल्लो समय संक्रमितसँगै कोरोनामुक्त हुनेको संख्या पनि बढिरहेको छ । त्यही भएर सरकारले लामो दूरीका सवारीसाधनदेखि आन्तरिक उडान समेत सूरु गरिसकेको छ ।
मिति | सो दिन थपिएका | जम्मा |
---|---|---|
असोज १ | 1,246 | 59,573 |
असोज २ | 2,020 | 61,593 |
असोज ३ | 1,204 | 62,797 |
असोज ४ | 1,325 | 64,122 |
असोज ५ | 1,154 | 65,276 |
आजसम्म संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुग्दा ४७ हजार २ सय ३८ जना कोरोनामुक्त भइसकेका छन् भने ४ सय २७ जनाले यही रोगको कारण ज्यान गुमाइसकेका छन् ।
तथ्यांकलाई विश्लेषण गर्ने हो भने कोरोना संक्रमितमध्ये ७२ प्रतिशत निको भएर घर फर्केका छन् भने शुन्य दशमलव ६५ प्रतिशतले यो रोगको कारण ज्यान गुमाउनु परेको छ । घनावस्ती भएका स्थानहरुमा कोरोनाको वृद्धि उच्च दरमा रहेको छ ।
काठमाडौं उपत्यका लगायत अन्य मुख्य शहरी क्षेत्रमा ठूलो मात्रामा कोरोना संक्रमित फेला पर्न थालेका छन् त्यस्तै स्वास्थ्य मन्त्रालयले अनावश्यक भिडिभाडमा नजान, मास्कको प्रयोग गर्न र सम्भव भए सावुनपानी नभए स्यानिटाइजरले नियमित रुपमा हात धुन आम मानिसहरुमा आग्रह गरिरहेको छ ।