सोमबार काठमाडौं उपत्यकामा ६ सय ७४ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ५ सय ३३ जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ६ सय ७४ सहित देशभर १ हजार १ सय ५४ जनाको नमूना पोजेटिभ पाइएको छ ।
काठमाडौं जिल्लामा ५८२ भक्तपुरमा ७४ र ललितपुरमा ६२ संक्रमित फेला परेका हुन् ।
आज देशभर १६ जनाको निधन भएकोमा छ जनाको निधन काठमाडौं उपत्यकामा भएको छ । आज ज्यान गुमाउनेमा झापाका ७२ वर्षिय पुरुष, सुनसरीका ४९ वर्षिय पुरुष, पर्साका ८८ वर्षिय पुरुष, भक्तपुरमा ६२ र ८४ वर्षिय पुरुष, काठमाडौंमा ५८ र ७३ वर्षिय पुरुष, मकवानपुरमा १७ वर्षिया युवती, ललितपुरमा ५८ वर्षिया महिला र ६१ वर्षको पुरुष, चितवनमा ५५ वर्षको पुरुष, दोलखामा ५२ वर्षिया महिला, रुपन्देहीमा ६७ वर्षिया पुरुष र बाँकैमा ५० र ५९ वर्षिया पुरुष रहेका छन् ।
अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४ सय २७ पुगेको छ ।