नेपाली बजारमा आज (आइतबार) सुनको मुल्य स्थिर रहेको छ ।
शुक्रबार कायम भएको मुल्यमा आज कुनै पनि परिवर्तन नभएर सोही मुल्यमा कारोबार भैरहेको छ । नेपाली बजारमा शनिबार सुनको मुल्य निर्धारण नहुने भएको हुनाले शुक्रबार नै कायम भएको मुल्यमा शनिबार पनि कारोबार हुने गर्दछ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार रुपैंयामा कारोबार भैरहेको छ भने तेजावी सुन ९६ हजार ५ सय मा कारोबार भैरहेको छ ।
सुनको मुल्य स्थिर रहँदा चाँदीको मुल्यमा भने केही गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैंया घटेर १३ सय १५ मा कारोबार भैरहेको छ ।
काठमाडौं उपत्यकामा निषेधाज्ञा घुकुलो र लामो दुरीको सवारीसाधनहरु संचालनमा आउन थालेसँगै बजारमा सुनको कारोबार बढ्ने व्यवसायीहरु बताउँछन् । लामो समयदेखि कारोबार प्राय ठप्प हुँदा पेशा नै परिवर्तन गर्ने सोचमा पुगेका व्यवसायीहरु अब केही कारोबार हुनेमा आशावादी देखिएका छन् ।