साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट आएको छ । नेपाली बजारमा शनिबार सुनचाँदीको मुल्य निर्धारण नहुने भएकाले शुक्रवार कायम भएको मुल्यमा नै शनिबार कारोबार हुने गर्दछ ।
आज सुनको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा ३ सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार (आज) छापावाल सुनको मुल्य तोलाको ९६ हजार ५ सय र तेजावी सुनको मुल्य ९६ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मुल्य अघिल्लो दिनको तुलनामा तोलामा १५ रुपैंया घटेर आज १३ सय १० मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
बजारमा कारोबार न्यून
कोरोना भाइरस (कोभिड १९) महामारीले गर्दा बजारमा सुनको कारोबार लगभग ठप्प प्राय रहेको छ । बजारमा सुनको गरगहना किन्ने भन्दा पनि पुराना गरगहना किन्ने मानिसहरुको संख्या बढेको सुनचाँदी व्यवसायीहरु बताउँछन् । ग्राहकहरुले पुरानो गहना बेच्दा ज्याला जर्ति काट्दै कम मुल्यकाङ्न गरिएको गुनासो गर्दछन् । लामो समयदेखि भएको लकडाउन र निषेधाज्ञाले गर्दा मानिसहरुको आर्थिक स्थित कमजोर भएको बेलामा सुनको कारोबार ठप्प हुनु स्वभाविक पनि हो ।
हात मुख जोर्न नै समस्या भइरहेको बेलामा सुनचाँदी बिलासिताका बस्तु बनेका छन् ।