कोरोना संक्रमणबाट नेपाली कांग्रेसका एक नेताको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं नागार्जुन नगरपालिका–५ का पूर्वसभापति चन्द्रबहादुर पुतुवार (लालु) रहेका छन् । पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुतुवारको शुक्रबार बिहान मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि गत साउन ३२ गते अस्पताल भर्ना भएका उनमा कोरोना देखिएको थियो ।
पुतुवारको मिर्गौलामा समस्या तथा निमोनिया रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।
आज शुक्रवार कोरोना भाइरसबाट निधन हुनेको संख्या १४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार थप १४ जनाको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्या गुमाउनेको संख्या २७१ पुगेको छ ।