चितवनमा १८ वर्षीया युवती सहित एकैदिन ४ जनाको कोरोना भाईरसका कारण ज्यान गएको छ । कोरोना संक्रमित भएपछि भरतपुर अस्पतालमा उपचार गराइरहेका उनिहरुको निधन भएको हो । ज्यान गुमाउने चारै जना चितवनका स्थायी वासिन्दा हुन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला र भरतपुर महानगरपालिका ६ का ७८ बर्षीय बृद्ध रहेका छन् । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका उनिहरुको ज्यान गएको भरतपुर अस्पतालका सुचना अधिकारीका लिलाधर पौडेलले बताए ।
योसंगै चितवनमा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् ।
सोमबारै धरानमा उपचार गराइरहेका एक पुरुषको पनि ज्यान गएको छ ।