विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले विश्वभर ८ लाख १८ हजार भन्दा बढी व्यक्तिको ज्यान लिइसकेको छ ।
नेपाली समयअनुसार मंगलबार बेलुका ८ बजेसम्मको तथ्यांक अनुसार २ करोड ३८ लाख ६९ हजार ८ सय भन्दा बढी कोरोना संक्रमित हुँदा ८ लाख १८ हजार २ सय १६ जनाले ज्यान गुमाइसकेका छन् भने १ करोड ६४ लाख ९ हजार ६ सय भन्दा बढी कोरोनामुक्त भैसकेका छन् ।
पछिल्लो २४ घन्टामा मात्रै ४ हजार ३ सय ५६ जनाको निधन भएको छ भने २ लाख १३ हजार ७ सय भन्दा बढी संक्रमित फेला परेका छन् ।
कोरोना संक्रमितको शीर्ष स्थानमा रहेको अमेरिकामा ५९ लाख १७ हजार ६ सय भन्दा बढी संक्रमित हुँदा १ लाख ८१ हजार २ सय बढी व्यक्तिले ज्यान गुमाइसकेका छन् । त्यहाँ अहिले ६६ लाख ४२ हजार सक्रिय संक्रमित रहेको बताइएको छ जसमध्ये ६१ हजार ६ सय १ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
दोस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ३६ लाख २७ हजार नाघ्दा १ लाख १५ हजार ले ज्यान गुमाइसका छन् ।
तेस्रो स्थानमा भारत रहेको छ । भारतमा अहिलेसम्म ३२ लाखको हाराहारीमा संक्रमित फेला परेका छन् । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार भन्दा बढी संक्रमित फेला पर्दा ८ सय ५४ जनाले ज्यान गुमाइसकेका छन् ।