अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ ।
घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टी भएको स्रोतले जानकारी दियो ।
केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो।
त्यो दिनदेखि उनी कार्यालय आएका छैनन्।
यसअघि १५ र थप २२ कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै अख्तियारमा कोरोना संक्रमित हुने कर्मचारीको संख्या ३७ पुगेको थियो ।
२०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका घिमिरे यसअघिका प्रमुख आयुक्त दीप बस्न्यातले ६५ वर्षे उमेर हदका कारण २०७४ माघ महिनामा अवकाश पाएपछि कार्यबहक प्रमुख भएका थिए भने २० भदौ २०७५ देखि प्रमुख आयुक्तमा नियुक्त भएका थिए ।