काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ८ सय ७५ पुगेको छ ।
लकडाउन खुकुलो भएसंगै देशभर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म उपत्यकाका ३ ओटै जिल्लामा जम्मा गरी ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो विवरणअनुसार काठमाडौंमा ६ सय ७४ जना,ललितपुरमा १ सय ३४ जना र भक्तपुरमा ७८ जना कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
बिहीबार मात्रै उपत्यकामा ८७ जना कोरोना संक्रमित थपिए । जसमध्ये काठमाडौंमा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर ३ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । भने हालसम्म २१ हजार ७ सय ५० जनामा कोरोना संक्तमण पुष्टि भइसकेको छ ।