
वीरगञ्जमा रहेको गण्डक अस्पतालका एक सञ्चालकलाई कोरोना संक्रमण देखिएको छ ।
कोभिडको उपचार गर्न छुट्याइएको पर्साको गण्डक अस्पतालका सञ्चालकसमेत रहेका रहवर अन्सारीलाई काठमाडौंमा रहेका राष्ट्रिय प्रयोगशाला गरिएको परीक्षणमा कोरोना पुष्टि भएको बताइएको छ।
पिसिआर परीक्षणका लागि अन्सारीले गत साउन १६ गते स्वाब दिएका थिए। अन्सारीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
पर्साको गण्डक अस्पतालमा धेरै कोरोना संक्रमितको निधन भैसकेको छ ।
पर्साजिल्लामा दैनिक ठूलो संख्यामा कोरोना संक्रमण देखिन थालेपछि समुदाय स्तरमै संक्रमण फैलिएको आशंका गरिएको छ । वीगरगञ्ज महानगरका मेयर र उनका परिवारका सदस्यसमेत कोरोना संक्रमण परिसकेका छन् ।