
विराटनगरमा ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यालयमा कार्यरत थप ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।
३३ जनाको स्वाव परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।
योसँगै कोरोना संक्रमण हुने प्रहरीको संख्या ३१ पुगेको प्रदेश प्रहरी प्रवक्ता दिपक पोखरेलले जानकारी दिए।यसअघि प्रदेश प्रहरी कार्यलयमा कार्यरत २४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो। एक साता अघि पहिलो पटक प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थियो।
पछिल्लो समय सुरक्षाकर्मीहरु कोरोना सिकार भएका छन् । यसअगाडी सीमा सुरक्षा बलमा कार्यरत झापाका ३२ जना प्रहरी र इलामका १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।