गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड १९ संक्रमण देखिएपछि आँबुखैरेनी गाउँपालिका तीन दिनका लागि बन्द गरिएको छ ।
सासू आमा बिरामी भएकाले अस्पताल भेट्न सहिद गंगालाल राष्ट्रिय हृदयरोग गएका उनी कार्यालय फर्केपछि स्वाब संकलन गरिएको थियो । फर्केलगत्तै उनमा अस्वस्थता देखिएपछि कोभिड पोजिटिभको आशंकामा स्वाब संकलन गरिएको बताइएको छ ।
प्रमुख प्रशासकीयको कोरोना रिपोर्ट पोजिटिभ आएपछि गाउँपालिका र वडा कार्यालय तीन दिनका लागि बन्द गरिएको छ।
आइतबारदेखि साउन २० गतेसम्म सेवा प्रवाह रोक्ने गरी कार्यालय बन्द गरिएको हो।
गाउँपालिकाले कार्यालय बन्द गर्ने सूचना जारी गरेपछि कार्यालय बन्द भएपनि बजार भने खुलेका छन् ।