
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन नानवटि अस्पतालबाट डिस्चार्ज भएका छन ।
उनीहरु सोमबार अस्पतालबाट डिस्चार्ज भएको खबर अभिषेक बच्चनले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।
अभिषेकले लेखेका छन,“तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरु अहिले घरमै होला । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।”

सुरुमा संक्रमण देखिपछि उनीहरुको होम आइसोलेसनमा बसेका थिए । ३ दिन होम आइसोलेसनमा बसेका आमाछोरी चौथौं दिन अस्पतालमा भर्ना भएका हुन् । ऐश्वर्या र आरध्या १७ जुलाईमा अस्पताल भर्ना भएका थिए । तर उनीहरुमा १३ जुलाईमै संक्रमण देखिसकेको थियो ।
अभिषेक र अमिताभलाई कोरोना पुष्टी भएको भोलीपल्ट ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चनमा कोरोना देखिएको थियो । अघिल्लो दिनै कोरोना पुष्टी भएका बाबु छोरा अस्पतालमा उपचाररथ छन् ।