
एकै परिवारका पाँच सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि महाबौद्ध क्षेत्र ‘सिल’ गरिएको छ। भारतको विहार घर भई काठमाडौंको महाबौद्धमा व्यवसाय गर्ने एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ देखिएपछि सोमबार त्यो क्षेत्र सिल गरिएको हो।
भारतबाट आएकी एक महिलामा बिहिबार कोरोना पुष्टि भएको थियो। कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा शुक्रबार अन्य सदस्यको परीक्षण गर्दा सबैमा कोरोना देखिएको हो। परिवारका दम्पत्ति,छोरा–छोरी र नातिनीमा कोरोना देखिएको नाम नखुलाइदिने सर्तमा टेकु अस्पतालका एक चिकित्सकले जानकारी दिए।
१५/२० दिन अगाडि मात्र छोरी र नानीति बिहारबाट काठमाडौं आएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई टेकु अस्पताल लगिएको थियो।

परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो। यसअघि बाँकेमा एकै परिवारका दुई जनामा कोरोना देखिएको थियो। नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ। यीमध्ये १३ हजार १ सय २८ जना निको भएका छन्। कोरोनाबाट ४५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।