
कोरोना महामारीका बेलामा पनि गुमनाम रहेको उत्तर कोरियामा कोरोना भाइरसको पहिलो केस फेला परेको छ।
उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले दिएको खबर अनुसार दक्षिण कोरियाबाट गएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको हो।
३ वर्ष पहिला उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया गएका ती व्यक्ति जुलाई १९ मा गैरकानुनीरुपमा उत्तर कोरिया फर्केका थिए । कासोङ शहरमा रहेका उनको परीक्षणका क्रममा कोरोना भाइसर संक्रमण भएको महामारीविरुद्ध संस्थाका अधिकारीहरुलाई उद्धृत गर्दै केसीएनएले जनाएको छ। ५ दिन पहिला कासोङ शहर आइपुगेका ती कोरोना संक्रमित व्यक्तिले शहरका धेरै जनासँग भेटघाट र सम्पर्क गरिसकेका थिए ।
देशभित्र कोरोना संक्रमित देखिएपछि सर्वोच्च नेता किम जोङ उनले आकस्मिक रुपमा कोरियन वकर्स पार्टीको पोटिल ब्यूरो बैठक डाकेको पनि समाचारमा बताइएको छ ।
बैठकमा महामारीविरुद्धको संस्थाका उच्च अधिकारीहरु, मन्त्रिमण्डका सदस्य, विभिन्न प्रान्तका प्रशासन अधिकारीहरु, पार्टीका प्रतिनिधिहरु, संस्थानका अधिकारी लगायतको उपस्थिति रहेको थियो।
कासोङ सहरलाई अहिले पूर्णरुपमा सिल गरिससिकएको बताइएको छ । उनको सम्पर्कमा आएकाको खोजी भएइसकेको र ती सबैलाई चिकित्सकको निगरानीमा क्वारेन्टाइनमा राखिएको बताइएको छ । विश्वका सबैजसो देशमा कोरोना संक्रमण देखिँदा पनि उत्तर कोरियाले आफ्नो देशमा अहिलेसम्म कोरोना संक्रमित नभेटिएको बताउँदै आएको थियो ।
उत्तर कोरिया विश्वको लागी अनौठो देश हो त्यहाँ भएका गतिविधिहरु अन्य देशमा रहेका व्यक्तिहरुले थाहा पाउँदैनन् । विश्वमा एक्लै भएपनि परमाणु हति-यारको कारणले गर्दा बेला बेलामा अमेरिकालाई तर्साउने काम गर्दै आएको छ ।