नेपालमा शुक्रबार ६ जिल्ला कोरोना मुक्त भएका छन् ।
साउन ४ गते आठ जिल्ला (भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला) मा एकजना पनि संक्रमित थिएनन् । तर आजसम्म आइपुग्दा हुम्ला, जुम्ला र धनकुटामा संक्रमित भेटिएका छन् भने सङ्खुवासभा लगायत बाँकी जिल्लाहरु भने कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ७७ जिल्लामध्ये ६ जिल्लामा अहिले कुनै पनि संक्रमित छैनन् । पुराना संक्रमित सबै निको भएर घर फर्किसकेका छन् ।
हाल एक जना पनि सङ्क्रमित नभएका जिल्लामा भोजपुर, पाँचथर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ रहेका छन्।
आज काठमाडौँ उपत्यकामा दश जनामा कोरोना पुष्टि
काठमाडौँ उपत्यकामा १० जनामा कोभिड–१९ सङ्क्रमित पुष्टि भएको छ। मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा पाँच जना नयाँ सङ्क्रमित थपिएका हुन्।
त्यसैगरी त्रिभुवन विश्वविद्यालय प्रयोशाला महाराजगञ्जमा गरिएको परीक्षणमा पनि काठमाडौँका पाँच जनाको परीक्षण पोजेटिभ आएको मन्त्रालयलका प्रवक्ता गौतमले बताए ।