नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया बृद्धाको मृत्युभएसँगै संख्या ४४ पुगेको हो ।
गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा ८५ वर्षीया वृद्धाको आज बिहान ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
चिकित्सकका अनुसार उनी मुटुका रोगी थिइन् । केही दिनअघि निमोनिया भएर उनी वीरगञ्जमा रहेको एडभान्स अस्पतालमा भर्ना भएकी थिइन् ।
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एडभान्स अस्पतालबाट गण्डक अस्पतालमा लगिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोना संक्रमण समुदायमा फैलिएको आशङ्कामा वीरगञ्जमा भोली बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।
र यो पनि पढ्नुहोस् :
२४ घण्टामा १ सय ३३ कोरोना संक्रमित थपिए
समुदायमा कोरोना फैलिएको आशंङ्कापछि वीरगन्जमा भोलिबाट अनिश्चितकालीन निषेधाज्ञा