
विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ७१ हजार ७ सय २० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
शुक्रबार दिउँसोसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरस संक्रमणको कारण ६ लाख ३६ हजार ८ सय ३२ व्यक्तिको मृत्यु भएको छ ।
संक्रमितमध्ये हालसम्म ९५ लाख ५७ हजार ८४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७७ हजार ८ सय ४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार १ सय ८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । यो समाचार तयार पार्दासम्म संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७० हजार २ सय ७४ जनामा कोरोना भाइरसका संक्रमण भेटिएको छ । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४७ हजार ३ सय ३३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
युरोपमा २७ लाख ३६ हजार २५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५३१ को मृत्यु भएको छ । एसिया ३६ लाख ८२ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ६७ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा सात लाख ९२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ७५६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार २९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६१ जनाको मृत्यु भएको छ ।