
बच्चाहरूलाई अनलाइन अध्ययन गर्न स्मार्टफोन चाहिन्छ । तर एक गरिब र विवस बाबु जसले आफ्नो बच्चालाई अनलाइन पढाउन ठूलो सकस भोग्नु परयो । ऋण माग्दा नपाएपछि उनले दुहुनो गाई नै बेच्नु परयो । यसले गरिबीबीच बच्चा पढाउन बाबु आमाले भोग्नु पर्ने दुखलाई दर्शाउँछ ।
गाई त्यो परिवारको लागि आयको एक मात्र माध्यम थियो । तर विवस बाबुले छोरो पढाउन आफ्नो गाई बेचेर स्मार्टफोन खरीद गरे । गाई १० हजार रुपैयाँमा मात्र बिक्री भयो। अब उनको बच्चाहरूले अनलाइन कक्षामा सहभागी हुन सक्दछन् तर त्यो परिवार कसरी बाँच्दछ भनेर थाहा छैन ।
द ट्रिब्यून वेबसाइटमा प्रकाशित भएकको समाचारका अनुसार कुलदीप कुमार नाम गरेका व्यक्ति भारतको हिमाचल प्रदेशको पामपुर जिल्लाको ज्वालामुखीको गुम्मर गाउँमा बस्छन् । मार्च पछि लकआउट भएदेखि स्कूलहरू बन्द गरिएका छन्। त्यसबेलादेखि कुलदीपका बच्चाहरू घरमा थिए। उनका बच्चाहरू अन्नु र दीपु कक्षा ३ र कक्षा २ मा अध्ययन गर्छन्।
स्कूलमा अनलाइन कक्षा सुरु हुने बित्तिकै कुलदीपमाथि स्मार्टफोन खरीद गर्न दबाब आयो। ताकि बच्चाहरू यसको मार्फत आफ्ना पढाइ जारी राख्न सकून् ।एक महिनासम्म कुलदीपले मान्छेहरुबाट १० हजार रुपैयाँ ऋण माग्दै रहे तर कसैले उसलाई सहायता गरेन । उनी बैंकमा गए र धेरै निजी ऋणदाताहरुसँग पनि गए। तर उनको गरीबी देखेर कसैले उनलाई १० हजार रुपैयाँ ऋण दिएन।
स्कूलका शिक्षकहरूले भने कि यदि बच्चाहरू आफ्नो पढाइ जारी राख्न चाहन्छन् भने स्मार्टफोन खरीद गर्नुहोस् । त्यतिखेर मसँग एक हजार रुपैयाँ पनि थिएन। म १० हजार रुपैयाँको फोन कहाँ बाट ल्याउने ? यो मेरो लागि धेरै गाह्रो काम थियो।
जे भए पनि, उनले कहिँबाट पनि कुनै सहयोग प्राप्त गरेनन्, त्यसैले आफ्नो गाईलाई १० हजार रुपैयाँमा बेचे। त्यो पैसाको साथ, उनले बच्चाहरूको लागि स्मार्टफोन ल्याए। ताकि बच्चाहरूले आफ्नो पढाइ जारी राख्न सकुन् ।
लकडाउनको कारण अहिले नेपालमा पनि नीजि विद्यालयहरुको अनलाइन कक्षा सुरु गरेका छन् यसले समाजिक वर्ग विभेद निम्त्याएको छ । सरकारी विद्यालयहरु सबै क्वारेन्टाइनमा परिणत हुँदा नीजि विद्यालयहरुले अनलाइन कक्षा भन्दै अभिभावकहरुबाट शुल्क लिइरहेका समाचारहरु पनि केही समयदेखि प्रकाशित हुँदै आएका छन् ।