
झापा । झापाको भद्रपुर -२ स्थित निर्माधिन कमलधाप सिमसार क्षेत्रमा डुबेर ३ बालकको मृत्यु भएको छ। बुधवार राति ८ बजेको समयमा भद्रपुर नगरपालिका २ बस्ने अनिल तामाङका १० बर्षिय छोरा अंकुश तामाङ सोही ठाउँको नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला परेका थिए ।
दिउँसो २ बजेतिर घरबाट खेल्न निस्केकोमा हालसम्म घर नफर्किएकाले खोजी गर्नेक्रममा सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला पारिएको थियो ।
उनीसंगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामीको पनि श-व फेला परेको छ ।
सिमसार समितिको लापरबाहीको कारण यति ठूलो दुर्घटना भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।
त्यस्तै बुधबार साँझ बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका ५ बस्ने ४५ वर्षिय राम केरुङ मृत फेला परेका छन् ।
खोलाले बगाएर ल्याएको घोप्टो परेको अवस्थामा उनको लाश फेला परेको थियो ।
हिजो बिहान दमक बजारबाट घर फर्कने क्रममा रतुवा खोला तर्दा उनलाई बगाएको थियो ।त्यस्तै हिजो साँझ ७ बजे झापा गाउँपालिका ६ झाक्री चक्रमारी बस्ने ६५ वर्षिया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् ।
निगुरो टिपेर फर्कने क्रममा बिगतदेखि लागेको छारे रोगले च्यापेपछि खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।
यस वर्ष वर्षायाम शुरु भएयता पानीमा डुबेर जिल्लामा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने दुई जना बेपत्ता रहेका छन् ।
र यो पनि :
झापामा पोखरीमा डुबेर मृत्यु भएका बालकका परिवारलाई दश लाख दिइने