
पर्साको वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डक अस्पतालमा भर्ना भएका पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे पुष्टी गर्न भने बाँकी नै छ । आज दिँउसो गरिने प्रेस विफ्रिङ्गमा यसबारे जानकारी दिइने बताइएको छ ।
गत सोमबार सास फेर्न गाह्रो भएपछि उनलाई सुरुमा एडभान्स अस्पतालमा भर्ना गरिएको थियो । शंकास्पद विरामी भएको भन्दै उनलाई मंगलबार गण्डकस्थित कोभिड अस्पतालमा लगियो र उनको सोही दिन साँझ मृत्यु भयो ।उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।