विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९ हजार ५ सय भन्दा बढी व्यक्तिको निधन भएको छ।
नेपाली समयअनुसार सोमबार दिउँसो पौने पाँच बजेसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट ६ लाख ९ हजार ५ सय ११ जनाको निधन भैसकेको छ ।
विश्वभरीमा कोरोना संक्रमण हुने व्यक्तिको संख्या १ करोड ४६ लाख ६८ हजार २ सय ९७ पुगेको छ ।
संक्रमित मध्ये हालसम्म ८७ लाख ५० हजार ९ सय ६ जना व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ७ हजार ८ सय ८० व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ६ सय ६७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
पछिल्लो तथ्यांक अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ६ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यस भाइसकाका कारण अमेरिकामा १ लाख ४३ हजार २ सय ८९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३४ लाख १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७९ हजार ९६३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ७ लाख २४ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार २०२ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४५ जनाको मृत्यु भएको छ ।