झापामा प्रहरीले एक लाख ४४ हजार नक्कली भारू सहित ३ जनालाई पक्राउ गरेको छ।
प्रहरीले कन्काई नगरपालिका-३ सुरुङ्गाका ४३ वर्षीय मौसम श्रेष्ठ, वडा नं ४ बस्ने २८ वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका-५का २४ वर्षीय एराजुल हकलाई शनिबार पक्राउ गरेको हो।
प्रहरीले बताएअनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरब्याजी पनि हुन् । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिररहेको स्रोतको भनाइ छ ।
आलमले भारतबाट नक्कली नोटहरू ल्याइ श्रेष्ठको घरमा राखेको भन्ने खबर प्रहरीले पाएको थियो।
सोही सूचनाका आधारमा प्रहरीले शनिबार श्रेष्ठको घरमा छापा मारेको थियो।
उनको घरमा रहेको टिनको दराजबाट प्रहरीले पाँच सय दरको २ सय ८८ थान नक्कली भारू फेला पारेको थियो। झापाका डिएसपी राकेश थापाका अनुसार श्रेष्ठको घरबाट १ लाख ४४ हजार नक्कली भारू बरामद भएको छ।
प्रहरीले बताएअनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटरब्याजी पनि हुन् । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिररहेको स्रोतको भनाइ छ ।
उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।