तनहुँ जिल्लामा ६ वर्षका बालकमा कोरोना संक्रमण भएको छ उनीसँगै गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तनहुँमा दुई र बाग्लुङमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार तनहुँ जिल्लाको व्यास नगरपालिका ६ वर्षिय बालकमा र शुक्लागण्डकी नगरपालिकाको २८ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । त्यस्तै बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिकाको एक २४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको शर्माले बताए ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको छ ।