गण्डकी प्रदेशमा थप २८ जनामा कोरवना संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८ नयाँ संक्रमित फेला परेका छन् ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पछिल्लो चौबीस घण्टामा थप २८ जना संक्रमित फेला परेको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका प्रवक्ता विनोदविन्दु शर्माले जानकारी दिए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ ।
प्रवक्ता शर्माका अनुसार नवलपरासी (बर्दघाट्ट सुस्ता पूर्व) र कास्कीका सबै संक्रमितलाई आइसोलेसन राखिसकिएको छ ।
साथै गोरखा सहिदलखन गाउँपालिकाको संक्रमितलाई कोरोना अस्पताल, भरतपुर राखिएको पनि शर्माले आज बिहान एक विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
शर्माका अनुसार अन्य जिल्लाका सबै व्यक्तिलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।