कतै नहिडेकी र कतै नघुमेकी बालिकालाई कोरोना संक्रमण भएको पाइएको छ ।
भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका बोडे निलवाराही बस्तीको ४ बर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कतै नहिडेकी र कतै नघुमेकी बालिकालाई संक्रमण पोजिटिभ देखिए पछि सबै अचम्मित बनेका छन् । संक्रमित बालिकालाई पेट दुखेपछि उपचारको लागि काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालमा लगिएको थियो ।
अस्पतालले एपेन्डिसाईटिसको अपरेसन गर्नु पर्ने भए पछि असार ११ गते कोरोना परीक्षणको स्वाब संकलन गरी पाटन अस्पताल पठाएको थियो । स्वाबको रिपोर्ट नआएसम्मको लागि बालिकालाई औषधि दिएर घर फर्काइएको थियो ।
बालिकाको स्वाब परीक्षणको दुई दिन पछि शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले रिपोर्ट कोरोना पोजिटिभ भएको पुष्टि गरेको हो । अहिले संक्रमित वालिकालाई थप उपचारको लागि पाटन अस्पताल लगिएको छ र घर सिल गरिएको छ ।
बालिकासंग सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमै राखेर स्वाब संकलन गरी परीक्षण गर्ने तयारी भैरहेको छ ।
संक्रमित बालिको ट्राभल हिस्ट्री नै नभएकाले कोरोना संक्रमणको रिपोर्टमा आशंका गरिएको छ त्यसैले पुनः स्वाव परीक्षणको लागि तयारी भइरहेको छ ।