काठमाडौं । सीमा विवादलाई लिएर छिमेकी मुलुक नेपाल र चीनसँगको सम्बन्ध तनापूर्ण रहेका बेला भारतको अर्को छिमेकी मुलकसँग पनि विवाद बढेको छ।
नेपालको लिम्पियाधुरासम्मको भूभाग कब्जा गरेको भारत चीनसँग पूर्वी लद्दाख लगायतका सीमामा तनावको स्थिति छ।
एकपछि अर्को मुलुकसँग सम्बन्ध बिगार्दे गएको भारतको अब भुटानसँग विवाद निम्तिएको छ।
भुटानसँग भारतको सम्बन्ध सुमधुरनै थियो। भारतीय सञ्चार माध्यमले अहिले आएर भुटानले भारततिर आउने पानी रोकिदिएको आरोप लगाएका छन।
भुटानले पानी रोकिदिएपछि असमको बक्शा जिल्लाका किसान चिन्तित छन्। आक्रोशित किसानहरूले सोमवार प्रदर्शन समेत गरेका थिए।
प्रदर्शनकारी किसानहरुले पानीका कारण समस्या भएको भन्दै केन्द्र सरकारलाई समस्याको समाधान गर्न आग्रह गरेका छन्।
बक्शा जिल्लामा रहेका २५ वटा गाउँमा ६ हजारभन्दा बढी किसान खेतीका लागि भुटानबाट आउने पानीमा निर्भर छन् । सन् १९५३ देखि नै त्यहाँका किसान भुटानी पानीले खेतको सिँचाइ गरिरहन्छन्।
भुटानले यसरी पानी रोक्नुको कुनै ठोस कारण दिएको छैन।
भारतीय सञ्चार माध्यमको आरोप छ, ‘केही महिनाअघि भारतबाट जाने पर्यटकसँग हरेक दिन एक हजार रुपैयाँभन्दा बढी शुल्क लिने निर्णय लिएको भुटानले अब पानी रोकिदिएको छ।’