बुधबार नेपालमा ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम ६ हजार ८ सय ८२ जनाको परिक्षण गर्दा ६ सय २९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
योसँगै नेपालमा संक्रमित भएका व्यक्तिको संख्या १० हजार ७ सय २८ पुगेका छन् ।
बुधबार मात्र देशका विभिन्न स्थानबाट १ सय १४ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । आजसम्म निको हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ ।
नेपालमा अहिलेसम्म १ लाख ९३ हजार १ सय ९४ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको छ ।
२४ जनाले कोरोनाको कारणले गर्दा ज्यान गुमाएका छन् भने ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । बाग्मति प्रदेशको रसुवा वाहेक अन्य सम्पूर्ण जिल्लाहरुमा कोरोना संक्रमित रहेका छन् ।