मंगलबार नेपालमा ५ सय ३८ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार वितेको २४ घन्टामा देशभर रहेका २२ वटा परीक्षण केन्द्रमा *४ हजार ९ सय ९५ जनाको परिक्षण गर्दा ५ सय ३८ जनामा कोरोना भाइस पोजेटिभ भेटिएको हो ।
योसँगै नेपालमा अहिलेसम्म संक्रमित भएको संख्या १० हजार नाघेको छ । आजसम्म नेपालमा १० हजार ९९ जना संक्रमित फेला परेका हुन् । विगत २४ घन्टामा ७६ जना संक्रमितहरु उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ ।
थप एकजनाको निधन भएको छ यसरी निधन हुनेको संख्या २४ पुगेको छ । अहिलेसम्म १ लाख ८३ हजार ३ सय ६६ जनाको पीसीआर विधिबाट परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
रसुवा जिल्लामात्रै सुरक्षित
नेपालमा कोरोना भाइरस फेला परेका जिल्लाहरुको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा जिल्ला बाहेकका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । नेपालमा ७७ वटा जिल्ला रहेका छन् ।
आज संक्रमित कुन कुन जिल्लाका
संक्रमित हुनेमा झापाका १२ जना, सप्तरीका २२, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना, महोत्तरीका १२ जना , अर्घाखाँचीका २ जना, बाग्लुङका १४ जना, बझाङका २२ जना, बाजुराका २० जना, डडेलधुराका ४ जना, धादिङका १८ जना, गोरखाका २९ जना छन् ।
यस्तै गुल्मीका ५ जना, कैलालीका ३८ जना, कञ्चनपुरका १७ जना, कास्कीका ८ जना, नवलपरासी पूर्वका २२ जना, पर्वतका २२ जना, प्युठानका ५० जना , रौटहटका १३ जना, रुपन्देहीका ३ जना, सर्लाहीका २ जना , सिरहाका ७ जना, स्याङजाका २२ जना, तनहुँका ८ जना, धनुषाका ३९ जना, लमजुङका ५ जना, पाल्पाका ४८ जना, दाङका १९ जना , सल्यानका ४ जना, सुर्खेतका २३ जना, दैलेखका ३५ जना, ,हुम्लाका १ जना, कालिकोटका १ जना र अछामका ७ जना रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दैलेख, दुल्लुका ४५ वर्षिय पुरुषको असार ८ गते बेलुका प्रदेशिक अस्पताल सुर्खेतको आसोलेसनमा निधन भएको हो। उनी क्षरोगका समेत विरामी थिए। उनलाई दैलेखबाट असार ३ गते उपचारको लागि सुर्खेत ल्याइएको थियो। यो सँगै निधन हुनेको संख्या २४ पुगेको छ।