दक्षिण कोरियामा कोरोना भाइरसको दोश्रो लहर सुरू भएसँगै देशभरबाट ४६ जना नयाँ संक्रमित भेटिएका हुन् जसमध्य ३० जना विदेशी रहेका छन् ।
सो देशमा कोरोनाको पहिलो लहर अप्रिलमा अन्त्य भएको थियो।
हाल भने दक्षिण काेरियामा कोरोना संक्रमण वृद्धि हुँदै गएको छ।
यद्यपी अन्तराष्ट्रिय मापदण्ड अनुसार यस देशमा संक्रमितको संख्या कम रहेको छ।
पछिल्लो महिनामा प्रत्येक दिन जसो ३५ देखि ५० नयाँ संक्रमण थपिएका थिए ।
दक्षिण कोरियाले कोरोना नियन्त्रणमा सफलता हात पारेको भन्दै चौतर्फी प्रशंशा भइरहेको बेला यस देशमा कोरोना पुन देखिएको हो।
लकडाउनका उपायलाई पन्छाउँदै यस देशले सामाजिक दुरीका नियम, आक्रमक ट्रेसिङ,ट्रयाकिङ र परीक्षणका उपायहरु अपनाएको थियो।
दक्षिण कोरियामा पहिलो पटक जनवरी २० मा कोरोना संक्रमण पाइएको थियो।
यस देशमा १२ हजार जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो भने दुई सय ८० जनाको निधन भएको थियाे ।
त्यस्तै कोरोना मुक्त्त देश भनेर घोषणा गरिएको न्यूजिलेन्डमा पनि कोरोना संक्रमित भेटिन थालेको छन् ।
२ जनामा कोरोना संक्रमण देखिएपछि सिमामा सेना परिचालन गरिएको छ ।
बेईजिङ्बाट सुरु भएको कोरोना भाइरसलाई हामीले जित्यौं भनेर खुशीयाली मनाएका चीनमा पनि कोरोना संक्रमित धेरै मात्रामा भेटिन थालेका छन् ।