ओखलढुंगा जिल्लामा पनि पहिलोपटक एकजनामा कोरोना पोजेटिभ देखिएको छ ।
ओखलढुंगामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्लाको लिखु गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय रुम्जाटारले पुष्टि गरेको छ । संक्रमित व्यक्ति लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन् । आज पीसीआर रिपोर्टको नतिजा आउँदा ६ जनामध्ये एकजनाको पोजेटिभ रिपोर्ट आएको हो ।संक्रमित युवा उनी एक हप्ता अघि सो जिल्ला पुगेका थिए । संक्रमित भेटिएसँगै उनको कन्ट्रयाक ट्रेसिङ्ग सुरु गरिएको छ ।
नेपालका ७७ जिल्लामध्ये यसअगाडी प्रदेश १ को ओखलढुंगा र बाग्मति प्रदेशको रसुवामा संक्रमित फेला परेका छन् । आज ओखलढुंगामा भेटिएसँगै अब कोरोना नभेटिएको जिल्ला रसुवामात्र भएको छ ।
दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङ्गमा नेपालमा ९ हजार २६ जनामा कोरोना संक्रमित भेटिएको जानकारी दिइएको छ । अहिलेसम्म निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ भने २३ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् ।
यसअघि ओखलढुंगा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन ।