स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा संक्रमित ४ सय २१ भेटिएको जानकारी दिए। यो सँगै कोरोना संक्रमिको संख्या ९ हजार २६ पुगेको छ। उपत्यकाको ललितपुरमा एक जनामा महिलामा कोरोना देखिएको छ।
संक्रमित हुनेमा झापाका ६ जना, उदयपुरका ५ जना, मोरङका २ जना, सुनसरीका २ जना, धनुषाका ८ जना, महोत्तरीका २ जना, सप्तरीका २ जना, बाराका ३ जना, अर्घाखाँचीका १६ जना, डडेलधुरा १४ जना, डोटीका २७ जना, गुल्मीका ७ जना, कैलालीका २७ जना, कपिलवस्तुका २५ जना, नवलपरासी पश्चिमका २२ जना, नुवोकाटका १, प्युठानका २० जना, रामेछापका १ जना, रुपन्देहीका २ जना, सर्लाहीका ५ जना रहेका छन् ।
त्यसैगरी सिरहाका ५२ जना, ललितपुरका १ जना, पाल्पाका २ जना, अर्घाखाँचीका ५८ जना, बाग्लुङका २३ जना, कास्कीका १ जना, स्याङ्जाका १० जना, मुस्ताङका १ जना, म्याग्दीका ४ जना, नवलपरासी पूर्वका २ जना, पर्वतका २ जना, तनहुँका ४ जना, पाल्पाका २ जना, बाँकेका १ जना, बर्दियाका ३ जना, रोल्पाका ४ जना, दाङका १० जना, दैलेखका १ जना, सल्यानका ६ जना, सुर्खेतका २ जना, अछामका २ जना, बैतडीका २ जना, बझाङका २ जना, डडलेधुराका २७ जना र कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको छ ।
कोरोनाका कारण थप एक जनाको निधन भएको छ । निधन हुनेमा गुल्मी छत्रकोट गाउँपालिकाका वडा नं ५ का ६९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको निधनवारे आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।
ती पुरुष प्यारालाइसिस उपचार गरेर जेठ २५ गते नेपाल आएका थिए । उनी होम क्वारेन्टइनमा बसेका बेला असार ५ गते घरमै निधन भएको थियो । उनको सोही दिन नमुना संकलन गरिएको थियो र ६ गते कोरोना पुष्टि भएको थियो ।