आइतबार नेपालमा ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४ सय २१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।
गत २४ घन्टामा देशभर रहेका २२ वटा परीक्षण केन्द्रमा ६ हजार ८ जनाको परीक्षण गर्दा ४ सय २१ जनामा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ ।
त्यस्तै १ सय ९४ जनाले विगत २४ घन्टामा कोरोनालाई जितेर घर फर्केका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।
नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा कोरोना संक्रमण देखिएको छ भने २३ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । गुल्मिका १ जनाको निधन भएसँगै संख्या २३ पुगेको हो ।