गण्डकी प्रदेशमा शनिबार बिहानै थप ५८ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परिक्षणमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पुष्टि हुनेहरु ७ जिल्लाका बासिन्दाहरु रहेका छन् जसम्धये तनहुँका २५ जना, नवलपुरमा १६ जना, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २, स्याङ्जामा १, बाग्लुङमा ८ जना रहेको प्रेस विज्ञप्तीमा बताइएको छ । सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्।
उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी रहेको पनि निर्देशनालयले जनाएको छ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ। गण्डकी प्रदेशका मुस्ताङ्ग जिल्ला बाहेक सम्पूर्ण जिल्लामा कोरोना संक्रमित केसहरु भेटिइसकेका छन् ।