विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ८४ लाख पुग्न आँटेको छ ।
जुन विगत २४ घन्टामा १ लाख ४१ हजार ८ सय ७२ ले बढेको हो ।
नेपाली समयअनुसार विहिबार बिहान साढे ७ बजेसम्मको तथ्यांक अनुसार ८३ लाख ९८ हजार ६ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ भने ४४ लाख १४ हजार ७ सय जना उपचारपछि निको भएर घर फर्केका छन् । त्यस्तै यो भाइरसको संक्रमणले ले गर्दा ४ लाख ५१ हजार २ सय ३७ जनाले ज्यान गुमाइसकेका छन् ।
सबैभन्दा धेरै क्षति पुगेको अमेरिकामा आजसम्म २२ लाख ३४ हजार ४ सय ७१ जना संक्रमित फेला परेका छन् भने १ लाख १९ हजार ९ सय ४१ जनाले यो भाइरसकै कारण ज्यान गुमाइसकेका छन् । अझै पनि ११ लाख ९५ हजार ७ सय ३४ जना संक्रमितहरु विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् जसम्धये १६ हजार ६ सय ४४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो देशमा अहिलेसम्म ९ लाख १८ हजार ७ सय ९६ जना उपचारपछि निको भएर घर फर्केका छन् ।
अमेरिकापछि दोस्रो स्थानमा रहेको ब्राजिलमा ९ लाख ६० हजार ३ सय ९ जना संक्रमित फेला पर्दा ४६ हजार ६ सय ६५ जनाले ज्यान गुमाएका छन् । ब्राजिल संक्रमित र ज्यान गुमाउने दुवैको संख्यामा विश्वमै अमेरिकापछी दोस्रो नम्बरमा रहेको छ । त्यहाँ आजसम्म ५ लाख ३ हजार ५ सय ७ जना निको भएका छन् भने ४ लाख १० हजार १ सय ३७ अझै पनि उपचार गराइरहेका छन् जसमध्ये ४ हजार ५ सय १९ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
क्रस | देश | संक्रमितको संख्या | मृत्यु भएको संख्या | निको भएको संख्या | एक्टिभ केस |
---|---|---|---|---|---|
World | 8,398,683 | 451,237 | 4,414,700 | 3,532,746 | |
१ | USA | 2,234,471 | 119,941 | 918,796 | 1,195,734 |
२ | Brazil | 960,309 | 46,665 | 503,507 | 410,137 |
३ | Russia | 553,301 | 7,478 | 304,342 | 241,481 |
४ | India | 367,264 | 12,262 | 194,438 | 160,564 |
५ | UK | 299,251 | 42,153 | N/A | N/A |
Nepal | 7,177 | 20 | 1,167 | 5,990 |
संक्रमितको संख्याको आधारमा रसिया चौथो नम्बरमा परेको छ । वर्लडमिटर डट इन्फोमा उपलव्ध भएको तथ्यांक अनुसार सो देशमा ५ लाख ५३ हजार ३ सय १ जना संक्रमित फेला पर्दा ७ हजार ४ सय ७८ जनाले ज्यान गुमाएका छन् । रसियामा संक्रमितको तुलनामा ज्यान गुमाउनेहरुको संख्या थोरै छ र निको हुनेको प्रतिशत पनि बढी छ । त्यहाँ आजसम्म ३ लाख ४ हजार ३ सय ४२ जना उपचारपछी निको भएर फर्केका छन् भने २ लाख ४१ हजार ४ सय ८१ जना उपचार गराइरहेका छन् जसम्धये २ हजार ३ सय को अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
हाम्रो छिमेकी मुलुक भारतमा ३ लाख ६७ हजार २ सय ६४ जना संक्रमित फेला पर्दा १२ हजार सय ६२ जनाले ज्या गुमाइसकेका छन् । पछिल्लो समय लकडाबाट लुजडाउनमा गएको भारतमा दैनिक संक्रमित हुनेको संख्या बढ्न थालेको विगत २४ घन्टामा भारतमा १३ हजार १ सय ३ जना नयाँ संक्रमित फेला परेका छन् ।
संक्रमितको संख्याको आधारमा पाचौं नम्बरमा भएतापनि ज्यान गुमाउने व्यक्तिको संख्याको आधारमा तेस्रो नम्बरमा रहेको बेलायतमा ३ लाख हाराहारीमा संक्रमित फेला परेका छन् । यो समाचार तयार पार्दासम्म त्यहाँ २ लाख ९९ हजार २ सय ५१ जना संक्रमित भेटिएका छन् जसमध्ये ४२ हजार १ सय ५३ जनाको ज्यान गएको छ । यो संख्या ब्राजिलपछिको ठुलो संख्या हो । रोचक कुरा के छ भने ब्राजिलमा उपचारपछी निको हुनेको तथ्यांक उपलव्ध छैन ।
हाम्रो देश नेपालमा १ लाख ४९ हजार ७ सय ७२ जनाको परीक्षण गर्दा ७ हजार १ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसको अर्थ कुल परिक्षणमध्ये ४ दशमलव ८० प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्या २० पुगको छ तर आजबिहान सम्म थप ३ जनाले ज्यान गुमाइसकेको हुनाले सो संख्या बढेर २३ पुग्नेछ जुन मन्त्रालयबाट घोषणा गर्न बाँकी छ ।