“माझी द माउन्टेन मेन” तथा बजरंगी भाइजानमा दमदार अभिनय गरेर चर्चामा आएका नवाजुद्दीन सिद्दी पनि कुनै दिन डि प्रेशनको शिकार भएको बताएका छन् ।
४३ वर्षीय सिद्दीले सघर्षको दिनमा मानसिक समस्यासँग जुधेको बताएका हुन् ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको शोकमा रहेको बलिउडमा उनको यो कुराले पनि हामीले सोचेजस्तो सपनाको महल पनि होइन रहेछ भनेर बुझ्न सकिन्छ ।
उनले भनेका छन् , सुरुवाती दिनमा न त मेरो कोही साथी थिए, न कसैले पत्याउथे नै, दुखका साथ भन्नु पर्दा मर्नुबाहेक अरु बिकल्प नै केहि देखेको थिइन मैले ।
पटक पटक मृत्युको मुखमा धकेल्न मन लागे पनि समयले बचायो ।
एक त पैसा र कामको अभाब त्यसमाथी पनि आफुलाई भन्दा बढी माया गर्ने प्रेमिकाले धोका दिएपछि मैले बाच्ँनुको औचित्य नै देखिन उनले भने ।
अहिले पनि उनी तनाबमा नै छन् । भर्खरै उनको बहिनीको निधन भएको थियो ।
अहिले उनी गम्भीर बिरामी भएकी आमाको उपचार गरिरहेका छन् भने उनले श्रीमति आलिया सिद्दीले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराएकी छिन् ।
उनका भाइ बहिनीलाई करणी गरेको अभियोगमा जेल सजाय भोगिरहेका छन् ।
सुशान्त सिंह राजपुतले पनि छिचोरेको प्रमोशनको बेलामा उनको जस्तै एउटा बक्त्तव्य दिएका थिए ।
खै किन हो बलिउडमा मेरो साथी नै छैन्न, म धेरैसँग नजिक हुन चाहन्छु तर २ ४ ओटा च्याटपछि आफै टाढा हुन्छन् ।
खै म आफैमा पनि केहि कमजोरी छ कि भनेर बुझ्न खोज्छु तर कतै केहि खोट नै पाउँदिन ।
यदि म मा केहि समस्या भए टेलिभिजनका साथीहरुसँग किन निकट हुन्थे र ?