बुधबार मुम्बई प्रहरीले सुशान्त सिंह राजपुतको नजिकको साथी र परिवारलाई भेटेको छ ।
उनको मृत्युको बारेमा बयान लिनलाई मुम्बइ पुलिस सुशान्तको ब्रान्द्रा अपार्टमेन्टमा पुगेको हो ।
“मुम्बई प्रहरीले बुधबार सुशान्तकका बुबा अर्थात के के सिंहलाई भेटेर बयान लिएको हो ।
प्रहरीसँगको बयानमा उनले भने, “३ दिन अगाडीमात्र मलाई फोन गरेको थियो ।
मेरोबारेमा खुब चिन्ता व्यक्त्त गर्दै घर बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न तथा समयमा खान खानु सुझाब दिएको थियो ।
मेरो सहयोगीसँग पनि धेरै कुरा गरेको थियो ।
बुबालाई केयर गर्न टाइममा दबाई औषधी खान दिन र बाहिरफेर हिड्न नदिन आग्रह गरेको थियो ।
मेरो छोरा यसरी लो भएको छ भन्ने कुरा मलाई थाहा नै भएन ।”
उस्लाई त्यस्तो केहि परेको भए म सहयोग गर्थे, ४ जना दिदी बहिनी सहित पुरा परिवार नै उस्को साथ थियौं ।
उस्को आमा नभए नि मैले आमा र बुबा दुबैको माया दिएर हुर्काएको थिए ।
पुरा परिवारको साथ थियो । खै किन यस्तो गर्यो म जानु पर्ने बेलामा मेरो छोरा गयो ।
पुलिसले सुशान्तको मेनेजर सिदार्थ पिठानीसँग पनि कुरा गरेको छ ।
पुलिसको सुशान्तको आर्थिक अवस्था, नाफा र हाल उनीसँग रहेका फील्महरुको बारेमा बुझ्नेछ ।
पुलिसले बलिउडमा काम नपाएर या परिवारवाद हावी भएर त्यस्तो भएको हो कि भनेर पनि अनुसन्धान गर्ने भएको छ ।